×
भोलि देखि विदेशबाट ल्याएको फोन नचल्ने , तपाईको फोन चल्छ कि चल्दैन यसरि हेर्नुहोस।



१५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) १५ पुसदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणल जनाएको छ । आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल  नचल्ने प्राधिकरणले जानाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ ।

एमडीएमएस दर्ता नगरेको सेटहरू गत १ असोजदेखि कार्यान्वयनमा ल्याइएको थियो ।  विदेशबाट आउने नेपालीहरूले आफूले प्रयोग गर्न भनेर ल्याएका मोबाइल सेटहरू एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन प्राधिकरणले आह्वान गरेको छ ।

यहि १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिनेतर्फ पनि सचेत गराएको छ।

साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्रधिकरणले मोबाइल आयातकर्ता र बिक्रेताले अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न जनाएको छ ।

आफ्नो फोन दर्ता छ कि छैन कसरि जाच गर्ने ? 

आफ्नो फोन अबैध छ कि छैन भनेर जाच गर्न नेपाल दूरसञ्चार प्राधिकरणको साइटमा जानुहोला। त्यसपछि आफ्नो आइएमइआइ  नम्बर हालेर SUBMIT गर्नुहोस। SUBMIT गरिसकेपछि तपाइको फोन दर्ता भएको नभएको जानकारी पाउनुहुने छ।

Screenshot 2022 09 06 100657 भोलि देखि विदेशबाट ल्याएको फोन नचल्ने , तपाईको फोन चल्छ कि चल्दैन यसरि हेर्नुहोस।

दर्ता नभएको कसरि दर्ता गर्ने : 

सर्बप्रथम https://mdms.nta.gov.np/individual-registration/validateImei मा जानुहोस। त्यसपछि SIGN UP मा क्लिक गर्नुहोस र Individual Application छान्नुहोस्। आफ्नो सम्पूर्ण विवरण भरि SUBMIT गर्नुहोस।

Screenshot 2022 09 06 092121 भोलि देखि विदेशबाट ल्याएको फोन नचल्ने , तपाईको फोन चल्छ कि चल्दैन यसरि हेर्नुहोस।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस