×
Lagani
Lagani Shiksha gif
के अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएका हुन्?



विश्वकप फुटबलको फाइनल नजिकिँदै गर्दा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको थियो , जसमा अर्जेन्टिनाको झण्डा बोकेका केही व्यक्ति देखिएका छन् र उनीहरुले बेलायत र नेपालको झण्डा जलाइरहेका छन्।

अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएको दावी गर्दै सामाजिक सञ्जालमा यो फोटो पोस्ट भएको देखिन्छ। तर हाम्रो तथ्य जाँचमा यो फोटो मिथ्या रहेको देखिएको छ।

Lagani Shiksha gif
sharehubapk के अर्जेन्टिनीहरुले नेपालको झण्डा जलाएका हुन्?

कहाँ कस्तो दावी ?

फेसबुकमा पुजना नामको प्रयोगकर्ताले अर्जेन्टिनीहरुले हाम्रो देश नेपालको झण्डा कयौँ पटक जलाएको दावी गर्दै यो फोटोसहितको पोस्ट गरेका छन्। आइतबार दिउँसोसम्म यो पोस्टमा ७६ रियाक्सन, ४९ कमेन्ट र २४ सेयर देखिन्छ।

त्यसैगरी टिकटकमा @frustratezhima युजर नेमबाट पोस्ट भएको नेपालको झण्डा जलाएको यही फोटोसहितको भिडियोमा आइतबार दिउँसोसम्म ९८ हजार भ्युज पुगेको छ भने २६५४ रियाक्सन र २२४ कमेन्ट देखिन्छ।

फेसबुकमा ‘अर्जेन्टिना नेपाल झण्डा’ लेखी सर्च गर्दा अरु थुप्रैले पनि यो फोटो पोस्ट गरेको देख्न सकिन्छ।

के हो तथ्य ?

हामीले भाइरल भएको फोटोमा रहेको लोगो र अक्षरबारे खोज्दा यो अर्जेन्टिनाको एउटा मन्त्रालयको लोगो र नाम रहेको भेट्यौँ। दायाँ छेउमा लेखिएको ’38 años, ni olvido ni perdón a Gran Bretaña y Nepal’ लाई अङ्ग्रेजीमा गुगलको सहायताले अनुवाद गर्दा ’38 years, neither forget nor forgive Great Britain and Nepal’ लेखिएको पायौँ।

तर उक्त मन्त्रालयको वेबसाइटमा यो फोटोसहितको डकुमेन्ट हामीले फेला पार्न सकेनौँ।

यो फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा हामी ६ वर्षअघि अर्थात् २०१६ अक्टोबर २१ तारिखमा न्यु चाइना टिभीले युट्युबमा अपलोड गरेको यो भिडियोमा पुग्यौँ-

यो भिडियो अर्जेन्टिनीहरुले माल्भिनास आइल्यान्ड र बेलायतीहरुले फकल्यान्ड भन्ने गरेको ठाउँमा बेलायतले गर्न लागेको सैनिक अभ्यासको विरोधमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित बेलायती दूतावासबाहिर गरिएको प्रदर्शनको भएको त्यसमा उल्लेख गरिएको छ।

सोही भिडियोको थम्बनेलमा प्रयोग भएको फोटोलाई नै सम्पादन गरी नेपालको झण्डा राखी अहिले भाइरल भएको फोटो बनाएको हामीले पायौँ। किनभने त्यसमा नेपालको झण्डा बाहेक अरु सबै विषय हुबहु देखिन्छन्।

तथ्य जाँच
दावी : अर्जेन्टिनामा नेपालको झण्डा जलाइयो (फोटो)

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्य : मिथ्या सूचना। उक्त फोटो २०१६ अक्टोबर २१ मा ब्युनस आयर्समा भएको प्रदर्शनको हो र त्यसमा सम्पादन गरी नेपालको झण्डा थपिएको हो।

नेपाल फ्याक्टचेकको सहयोगमा तयार पारिएको। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस