×
पाँचौँपटक संसदीय दलको नेता बनेका शेरबहादुर देउवा



नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचौँपटक शेरबहादुर देउवा निर्वाचित भएका छन् ।बुधबार बुधबार बिहान भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापतिसमेत रहेका देउवा निर्वाचित भएका हुन् । उनले महामन्त्री गगनकुमार थापालाई ३९ मतले अपराजित गरेका हुन् ।

८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा ६४ मतसहित सभापति देउवा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गगनकुमार थापाले २५ मत पाए । योसँगै कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी देउवाले पाँचौँपटक पाएका हुन् ।

२०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सहयोगमा देउवालाई संसदीय दलको नेता बनेका थिए । सोही बेला उनी ४९ वर्षकै उमेरमै प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाले  सुशील कोइरालालाई पराजित गरे ।

२०७० मा भएको दोस्रो दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बनेका सुशील कोइरालाले दलीय सहमतिअनुसार ३ असोज २०७२ मा संविधान जारी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिए ।

यसपछि भएको कांग्रेस संसदीय दलको नेतामा देउवाले रामचन्द्र पौडेललाई पराजित गरेका थिए । देउवा तेस्रोपटक संसदीय दलको नेतामा निर्वाचित भए ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा चौथोपटक संसदीय दलको नेतामा निर्वाचित भए । पाँचौँपटक बुधबार गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस