×
आजपनि घट्यो सेयर बजार।



आज नेप्से परिसुचक ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ ।

मंगलबार नेप्से परिसुचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हाे । सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।  आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै, १९९  कम्पनीको कारोबार हुँदा ७८ कम्पनीकाे सेयरमूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२  प्रतिशतले वृद्धि भएको छ ।  सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ उपसुचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसुचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस