×
Lagani
Lagani Shiksha gif
साढे सात अर्बकाे भेरी पम्पिङ खानेपानी आयोजना, तिहार लगत्तै टेण्डर हुने



कर्णालीको राजधानी वीरेन्द्रनगर भएसँगै दिनहुँजसो जनघनत्व बढ्दै गएको छ  ।

प्रदेशमा बढ्दो जनसंख्यासँगै पानीकाे पनि अभाव हुँदै गएको छ । त्यसका लागि भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अब भने त्यसले सार्थकता पाउन लागेको हो । आयोजनाको निर्माण पूर्वको कामले गति लिएको हो । योसँगै आयोजनाको भौतिक संरचना निर्माणको बाटो खुलेको छ ।

Lagani Shiksha gif
sharehubapk साढे सात अर्बकाे भेरी पम्पिङ खानेपानी आयोजना, तिहार लगत्तै टेण्डर हुने

विश्व बैंकको लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम छिट्टै सुरू हुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । ‘प्राविधिक रिपोर्ट तयार भयो,’ उनले भने, ‘उपभोक्ताका तर्फबाट थालिएको पहलको यो ठूलो उपलब्धी हो ।’   सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले आयोजना निर्माणका लागि तिहारलगत्तै टेण्डर हुने बताए । उनका अनुसार सात अर्ब ५२ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजना निर्माण भएपश्चात वीरेन्द्रनगरमा पाँच सय लिटर प्रतिसेकेन्ड पानी झर्ने छ ।

आयोजना सञ्चालनका लागि संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै टेण्डर गर्ने

आयोजना सञ्चालनका लागि संघीय र प्रदेश सरकारले छुट्टाछुट्टै टेण्डर गर्नेछन् । छिटो–छरितो योजना सम्पन्न गर्न यस्तो तयारी गरिएको हो । टेण्डर भएको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि पहिलो चरणको टेण्डर कात्तिक महिनाभित्रै गर्ने तयारी थालिएको हो ।  काफ्लेका अनुसार पहिलो चरणमा रिभर इन्टेक, पानी प्रशोधन केन्द्र, म्यान लाइन, पम्पिङ स्टेशन र अमृतडाँडामा पानी पोखरी बनाइने छ । अमृतडाँडामा तीन वटा ट्याङ्की बन्ने छन ।

अमृतडाँडा उपत्यकाको दक्षिण पूर्वी भागमा रहेको अग्लो डाँडा हो । त्यहाँ १२ हजार क्यूफिट लिटरका ट्याङ्की बनाउने योजना विभागको छ । उपत्यकामा पानी ल्याइएपछि पुरानै सिस्टममा जडान गरी पानी सञ्चालन गर्ने तयारी  रहेको बताए ।

भेरी पुुल र झुप्रा खोलाको दोभानभन्दा झन्डै पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउन लागिएको छ । उक्त स्थानबाट अमृतडाँडासम्म पानी ल्याउन करिब दुई अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान विभागले यसअघि नै गरेको छ । प्राविधिकहरूका अनुसार वीरेन्द्रनगर उपत्यकामा पानी ल्याउँदा सात किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्ने हुन्छ । उपत्यकामा पानी वितरण गर्न संरचना निर्माणमा चार अर्ब बढी खर्च हुने आँकलन गरिएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस