×
Lagani
Lagani Shiksha gif
मध्य भोटेकोशीको आईपीओको नतिजा सार्बजनिक , यसरि हेर्न सकिने



मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।आईपीओको बाँडफाँट आज बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा भएको छ ।

क्यापिटलका अनुसार कुल आवेदकमध्ये २२ लाख ९४ हजार ४९६ आवेदकबाट माग भएको ३ करोड १९ लाख ४१ हजार ७९० कित्ता सेयर सदर भएको छ। कुल आवदेकमध्ये ९५ हजार ७२२ आवेदकबाट माग भएको २२ लाख ४१ हजार ५०० कित्ता भने रद्द भएको छ।ती सदर आवेदकमध्ये गोलाप्रथाबाट ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

Lagani Shiksha gif
sharehubapk मध्य भोटेकोशीको आईपीओको नतिजा सार्बजनिक , यसरि हेर्न सकिने

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।   २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।                  ३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।         ४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।                ५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) मध्यभोटेकोशी जलविद्युत कम्पनीको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस