×
दुनियाले सुने तर प्रचण्डले बाजा बजेको सुनेनन् माकुनेले बिना ढेउबाले भिषा भनेको स्वीकारेनन् !



नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा प्रतिनिधि सभा रौतहट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले फ्री भिसा फ्री टिकट दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति नदिएको बताएका छन् ।

उनले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ आयोगलाई पठाउँदै निर्वाचन प्रचारको क्रममा आफूले कुनै मतदातालाई प्रलोभन देखाउने गरी अभिव्यक्ति नदिएको दाबी गरेका हुन् ।

‘पत्रमा भनिएजस्तो निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन’, नेता नेपालले चार बुँदे जवाफमा भनेका छन् । आफूले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही नगरेको उनको प्रस्टोक्ति छ ।

निर्वाचन आयोगले निर्वाचन प्रचारको क्रममा नेता नेपालले आचारसंहिता उल्लंघन हुनेगरी मतदातालाई फ्री भिसा र फ्री टिकटको प्रलोभन देखाएको भन्दै कात्तिक ३ गते स्पष्टीकरण सोधेको थियो ।

नेपालले जनसमक्ष आफ्नो विचार राख्ने कुरा संविधान प्रदत्त राजनीतिक दलले प्रयोग गर्नपाउने अधिकार भएकाले आफूले सोही अनुसार गरेको समेत बताएका छन् । नेता नेपालले केही दिन पहिला रौतहटमा भएको कार्यक्रममा फ्री भिसा, फ्री टिकट र काठमाडौंमा फ्रि तालिम भनेको भिडियो सार्वजनिक भएको थियो ।

त्यस्तै प्रचण्डले ‘बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थितिबारे म र हाम्रो पार्टीको तर्फबाट बाजागाजा ल्याउन कुनै पनि किसिमको योजना, निर्देशन र अनुरोध नगरिएको व्यहोरा स्पष्ट गर्न चाहन्छु। बाजगाजाबारे मलाई जानकारीसमेत नभएको स्पष्ट गर्न चाहन्छु,’ भनेका छन्।

m oE1O1bOucp दुनियाले सुने तर प्रचण्डले बाजा बजेको सुनेनन् माकुनेले बिना ढेउबाले भिषा भनेको स्वीकारेनन् !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस