NICL 826 -14.9 CKHL 521 -6.9 NRM 377.1 17.4 BHL 318.5 -6.5 AVYAN 918.9 71.9 SINDU 384.6 -5.3 GBILD86/87 985 4 NICA 360.1 2.1 UHEWA 387.2 -13.8 GIBF1 8.16 -0.26 FOWAD 1261 51 SBIBD86 1060 -1.2 NIMBD90 1081 0 HLI 399 3.9 MFLD85 1016 1 NLG 760 -4 PRSF 8.55 0 GMFBS 1355 101 PRVU 139 -1 GBBL 364 -2.9 HIDCL 163.1 -2.3 GILB 1242.1 92.1 UNHPL 219.2 -0.9 MAKAR 370 -3.9 SNLI 456 -8 JBLB 1470 90 HBL 175.6 -2.4 OHL 759 5 LVF2 7.91 -0.04 SKBBL 830 18.6 NFS 524 -17.8 KBSH 1059.5 -15.5 SBL 227.5 -1.3 SAPDBL 323 -4 GVL 438 -6 SBID89 1001 -14 CITY 588.3 -11.7 BARUN 235 3.1 CORBL 469 2.9 NICGF2 8.22 0.52
×
आज लक्ष्मी पूजा , यस्तो छ मनाउने कारण र तरिका।



आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा ।

आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

रात्रिहरूमा प्रमुख रात्री मध्य एक हो आजको रात । आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आगनदेखि मुल ढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ ।

माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दियो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ । लक्ष्मीसँगै भगवान गणेशको पनि स्थापना गरिन्छ । दियो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ ।  संस्कृतिविद्  मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरु गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ ।

आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ ।  भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा दिने चलन पनि छ ।

भनिन्छ लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा माता लक्ष्मी जाँदैनन् ।यस दिनलाई दिपमालिका र सुखरात्री पनि भन्ने गरिन्छ । आज गाइपूजा, प्रतिपदाका दिन गोवर्द्धन पूजा र  म्हपूजा  एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस