×
आठौं पटक निर्वाचनमा उठ्दै देउवा , आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता।



प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराएकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् ।

देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी छन् ।
देउवा डेल्धुरामा २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका छन् । देउवाको यो आठौं निर्वाचन हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस