सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।
बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।
ईदको दिनमा बिहानै सबै मुसलमान स्नान गर्छन् । आफ्नो सामर्थ्य अनुसार राम्राराम्रा नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुभन्दा अगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्का-ए-फित्र -धर्मादान) लाई निकालेर गरीब, असहाय वा मदरसाहरूलाई दिन्छन् । नेपालमा प्रत्येक व्यक्तिलाई रु. ५५ सद्का-ए-फित्र निर्धारण गरिएको छ ।
हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीब गुरूवाहरूको पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो संचित धनको २.५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा(दान) गर्नु पर्ने नियम छ । बिहान केही घाम चढेपश्चात् सबै मानिस घरहरूबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस्। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित र सम्मिलित हुन्छन्। यस सामूहिक खुसीमा सबै सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ।
ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदान -जसलाई इदगाह भनिन्छ)मा पढिन्छ। नमाजका लागि जाँदा सबै मुसलमान यो तक्विर -जप) पढ्दै हिंड्छनः “अल्लाहु अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द ” अर्थ “अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकै लागि हुन्।”
हरेक गल्ली, बजार एवं बाटो र सडकहरूमा यही नारा लगाइन्छ। ईदगाहको मैदानमा जब सबै मानिस नमाज पढ्नका लागि एकत्रित हुन्छन् तब पंक्तिबद्ध भई एकाग्रतासाथ दुई रकअत नमाज पढ्छन्। इमाम -धर्मगुरु) उभिएर प्रवचन -खुत्बा) दिन्छन ।
















