×
Lagani
Lagani Shiksha gif
आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन



आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज (५ असार) अन्तिम दिन रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री बन्द आइतबार कार्यालय समयपछि हुनेछ । नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकाले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्कासन खुला हुन लागेको हो ।

Lagani Shiksha gif
sharehubapk आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार बिदा रहेकाले २३ जेठमा आह्वानपत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्कासन तथा बिक्री बन्द हुने मिति छिटोमा ६ असार उल्लेख थियो । बिदा कटौतीसँगै आवेदन समय पनि एक दिन घटेर आइतबारै आईपीओ निष्कासन बन्द हुन लागेको हो ।

१ असारदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकाले ५ असार बैंकिङ समयपछि सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ । कटौती गरेकाले यो निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयलाई समेत आइतबार कार्यालय समयसम्म मात्र साधारण सेयरका लागि दरखास्त बुझिलिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

आदर्श लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस