×
Lagani
Lagani Shiksha gif
रिपोमार्फत राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब पठाउँदै



नेपाल राष्ट्र बैंकले तरलता अभावको समस्या समाधान गर्न आज (बिहीबार) १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ वित्तिय बजारमा पठाउन लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलमार्फत रिपोको गर्नेछ । रिपोमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्ममा बिडिङ गर्नु पर्नेछ । राष्ट्र बैंकले सात दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीलाई रिपो जारी गर्न लागेको हो । यो रिपो ११ कात्तिकमा परिपक्क हुनेछ ।

Lagani Shiksha gif
sharehubapk रिपोमार्फत राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब पठाउँदै

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालिन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने प्रक्रिया ‘रिपो’ हो । यस प्रक्रियाको निष्काशनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तिय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस