×
Lagani
Lagani Shiksha gif
मिरुनाले भाइ सम्झेर माफी दिइन , दुवैले गरे क्षमायाचना (तस्बिरहरु)



ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ ।

फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको सहमतिपत्रमा आज दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।

Lagani Shiksha gif
sharehubapk मिरुनाले भाइ सम्झेर माफी दिइन , दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

सहमतिपत्र यस्तो छ :

उपरोक्त सम्बन्धमा प्रदर्शनरत नेपाली कथानक चलचित्र कबड्डी द फाइनल म्याचको दर्शकसग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गर्तै सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगर माथी भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फूर्पा तामाङले गल्ति स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पानि भाइ सम्झेर माफी गरेकी छिन्‌ ।

साथै अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्माबलम्बी, भिश्नु, लामा समुदाय तथा । सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्‌ ।

हामी दुबै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मीक तथा साम्प्रदायीक द्वेश फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै राजी खुशीसाथ यस पत्रमा हस्ताक्षर गरि लियौं दियौं ।

285536630 3269705650019684 2654012722625664567 n मिरुनाले भाइ सम्झेर माफी दिइन , दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

284948044 405354718270608 5995022633847176339 n मिरुनाले भाइ सम्झेर माफी दिइन , दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

282137383 3269705876686328 6809567322968339760 n 1 e1654005222128 मिरुनाले भाइ सम्झेर माफी दिइन , दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

सहमतिपत्र

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस