×
Lagani
Lagani Shiksha gif
हुरिले भरतपुरमा बिजुली , पानी र ईन्टरनेट अवरुद्ध , यस्तो छ अन्य क्षतिको विवरण ।



भरतपुर।

चितवनमा शुक्रवार आएको हावाहुरीले तीन जनाको मृत्यु भएको थियो थप १० जना घाइते भई अस्पतालमा उपचारत रहेको प्रहरीले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk हुरिले भरतपुरमा बिजुली , पानी र ईन्टरनेट अवरुद्ध , यस्तो छ अन्य क्षतिको विवरण ।

शुक्रवार भरतपुर -११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना२ह २२४७ नं. को अटोलाई किचि अटो च्यापिन जाँदा अटो चालक भरतपुर ११ लामाटोल बस्ने बर्ष ५०/५१ को प्रदिप कुमार लामा र सोही अटोमा सवार महिला जिल्ला गोरखा गण्डकी गा.पा. ६ घरभई हाल भ.म.न.पा. ७ कटहर चोक बस्ने बर्ष २८ कि माया गुरुङको मृत्यु भएको जनाएको थियो ।

सोही अटोमा सवार वर्ष २० की अबिता गुरुङ र बर्ष ५० की तुल मांया गुरुङ सामान्य घाईते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ।यसैगरि भरतपुर – ११ बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको म्याजिकलाई किच्दा उक्त म्याजिकमा सवार भरतपुर म.न.पा.११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको थियो।

हावाहुरीको कारण अन्य घाईते तथा क्षतिको विवरण
– चितवन भरतपुर- १३ घर भई हाल भरतपुर १२ बस्ने बर्ष १४ को आसिक सुनार हावाहुरीको कारण भाँचिएको रुखको हांगाले लागी मध्यम घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको।
– भरतपुर -१८ बस्ने बर्ष बर्ष ६५ को झगरा प्रसाद पनेरु हावाहुरीको कारण गुडी रहेको मोटरसाइकल .लडी घाइते भएको (अवस्था मध्यम)
– भरतपुर – ५ बस्ने बर्ष ३६ की सुनिता देवकोटा आफ्नै घरको टिनले लागी घाईते भई चितवन मेडिकल कलेमा उपचार भइरहेको (अवस्था मध्यम)

– कालिका नगरपालिका -३ पदमपुर बस्ने बर्ष ४१ की सबिना श्रेष्ठ हावाहुरीले सानो गाडी पल्टाउँदा घाईते भई चितवन मेडिकल कलेजमा उपचार भईरहेको( अवस्था मध्यम)
– भरतपुर- ११ बसेनी बस्ने बर्ष ७३ को रण बहादुर थापा हावाहुरीले सानो गाडी पल्टाउँदा मध्यम घाईते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको

– भरतपुर- ११ प्रहरी तालिम केन्द्र अगाडि ना ६ ख ३२३७ नम्बरको आईचर ट्रकमा रुख ढली लाग्दा ट्रक चालक हेटौंडा १० बस्ने बर्ष ३० को उपेन्द्रसिंह घलान र ट्रकको सह चालक बर्ष २५ को अनिल मोक्तान सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको, ट्रकमा क्षती भएको र बाटो अबरोध भएकोले खुलाउने प्रयास भईरहेको ।
-भरतपुर- ११ मौलाकालिका नर्सिङ होमको झ्यालको सिसाले टाउकोमा लागि सोही स्थान बर्ष २४ को सुजन पौडेल सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको ।

-भरतपुर- १० जेष्ठ नागरिक चोक स्थित चौतारामा रहेको ठुलो बरको रुख ढली भरतपुर ११ बस्ने बर्ष ३५ की निशा खान टाउकोमा चोट, बर्ष ३७ की सिता रेग्मी ढाडमा चोट लागि सामान्य घाईते भई भरतपुर अस्पतालमा उपचार भई रहेको ।

अन्य क्षतिको विवरण
– भरतपुर म.न.पा. ११ भोजाड जंगलबाट पदमपुर जाने बाटोमाठुलो रुख ढली बाटो अबरोध भएकोले पन्छाउने प्रयास भईरहेको । अन्य स्थानको रुखहरु हटाई बाटो सुचारु गरिएको ।
– उक्त हावा हुरीको कारण बिजुलीको पोलढलेको स्थानहरुः- भरतपुर ६ पारसनगर,भरतपुर १५ मंगलपुर र महेन्द्र चोक, भरतपुर १० चौबिसकोठी र बाईपासरोड, भरतपुर ५ डक्काको घोल,भरतपुर ८ पांडेघुम्ती, नहरचोक र बनदेबी चोक ।

– अन्य थप केही स्थानहरुमा समेत रुखको साथै बिजुलीको पोल ढलेको बुझिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन पोस्टबाट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस