×
Lagani
Lagani Shiksha gif
सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट मिति तोकिएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार सोमबार ४ बजे प्रि-अलटमेन्ट सम्पन्न भएको  हुदा बिहीबार अर्थात वैशाख १५ गते विहान ९ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा हुने भएको छ ।

Lagani Shiksha gif
sharehubapk सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म २२ लाख ७७ हजार ७४३ जना आवेदकबाट २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन कम्पनीले सर्बसाधारणलाई निस्कासन गरेको भन्दा  ६९.७९ गुणा बढी हो।

संस्थाले संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन  गरेको थियो । जसमध्ये १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि, ६ हजार २ कित्ता कर्मचारीहरुको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४ ८८ कित्ताका लागि सर्वसाधारण विक्री खुला गरेको थियो ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न रेटिङ  एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस