×
Lagani
Lagani Shiksha gif
इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।



वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प थियो।

भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कयौँ मानिसहरूको हताहात भएको थियो। भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ।

Lagani Shiksha gif
sharehubapk इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।
bhukampa 2 इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।

भूकम्पले भत्काएको धरहरा

यस भूकम्पले सगरमाथामा हिमपहिरो जान सुरु भएको थपे जसकारण नेपाली र विदेशी गरी २२ जनाको हिमपहिरोमा पुरिएका कारण मृत्यु भएको भने यो हिमपहिरो सगरमाथामा आएको सबैभन्दा घातक हिमपहिरो बनेको थियो। भूकम्पले लाङटाङ उपत्यकामा पनि विशाल हिमपहिरो निम्त्याएको थियो जसकारण २५० जना बेपत्ता भएका थिए। यस महा भूकम्पका कारण नेपालको कयौँ जिल्लाका हजारौँ गाउँ तथा बस्तीका सर्वसाधारणहरू भूकम्पले धक्का दिँदा घर नष्ट भएका कारण कयौँको मृत्यु भएको थियो भने हजारौँ मानिसहरू घरबारविहीन बनेका थिए।

तीव्रता

यस महाभूकम्पको तरङ्गीय मानचित्र संयुक्त राज्य भूगर्भ सर्वेक्षणको के तपाईले महसुस गर्नुभयो खण्डमा प्राप्त प्रतिक्रियाहरूको अनुसार काठमाडौँमा भूकम्पको तीव्रता ९ सम्म पुगेको थियो। भूकम्पको झट्का छिमेकी देश भारतको बिहार, उत्तर प्रदेश, असम, पश्चिम बङ्गाल, सिक्किम, उत्तराखण्ड, उडिसा, आन्ध्र प्रदेश, कर्नाटक र गुजरात जस्ता प्रमुख भूभागहरूसम्म महसुस गरिएको थियो। यसको असर भारतको राजधानी दिल्ली र राष्ट्रिय राजधानी क्षेत्रमा पनि महसुस गरिएको थियो।

सोही प्रतिवेदनका अनुसार अनुसार बङ्गलादेशको राजधानी ढाकामा यस भूकम्पको तीव्रता ४ थियो। यस भूकम्पको झट्का केन्द्रबाट १९०० किलोमिटर टाढा रहेको तिब्बत र चीनका केही भूभागहरूमा पनि महसुस गरिएको थियो। पाकिस्तान र भुटान पनि यस भूकम्पको न्युन झट्का महसुस गरिएको थियो।

bhukampa 1 इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।

पराकम्पहरू
वि.सं २०७२ वैशाख १२ बजेर ११:५६ मिनेटको महाभूकम्प गएको केही मिनेटको अन्तरालमै त्यसको पराकम्पहरू सुरु भएका थिए। महाभूकम्प गएको ३४ मिनेटभित्रै पहिलो पराकम्प ६.६ रेक्टर स्केलसम्म पुगेको थियो। वैशाख १३ का दिन सोही क्षेत्रमा नेपाली समय अनुसार १२ बजेर ५४ मिनेट जाँदा ६.९ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो जसको केन्द्र नेपालको कोदारीबाट दक्षिणमा लगभग १७ किलोमिटरमा (११ माइल) रहेको थियो। यस भूकम्पले गर्दा सगरमाथामा हिमपहिरो जानुका साथै र उत्तरी भारतका कलकत्ता, सिलिगुडी, जलपाइगुडी र आसामलगायत अन्य थुप्रै ठाउँमा हिमपहिरोको गएको थियो।

पछिको झट्काले कोशी राजमार्गमा पहिरो खसेका कारण भेडेटार-मुलघाट सडकखण्ड अवरुद्ध भएको थियो। ११ जेठ २०७३ सम्म ४५९ वटा भूकम्पीय पराकम्पहरू महसुस भएका थिए जसमध्ये ५१ वटा भूकम्प ५ वा सो भन्दा बढीका र ५ भन्दा माथिका ६ भूकम्पहरू गएका थिए भने ४ रेक्टर स्केल भन्दा कम २०,००० भन्दा कम भूकम्पका पराकम्पहरू महसुस भएका थिए।

bhukampa 5 इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।

भूकम्पले गरेको विनाश

नेपाल जस्तो विकासोन्मुख तथा राजनैतिक हिसाबले अस्थिरता भएका राष्ट्रहरूमा घटेका विनाशकारी घटनाहरूले प्रायः लामो समयसम्म शृङ्खला बन्न जान्छन् भने एउटा विपत्ति वर्षौँँ वा दशकौँसम्म अर्को विपत्तिमा परिणत बन्न जान्छ। भूकम्पपछिको प्रभावले मानव बेचबिखन, श्रम लागत, उपलब्धता, भाडा र सम्पत्तिको भार, शहरीकरण, निजी र सार्वजनिक ऋणको बोझ, मानसिक स्वास्थ्य, राजनीति, पर्यटन, रोग, स्वास्थ्य सेवा प्रणालीमा क्षति लगायतका असङ्ख्य कुराहरूमा असर गरेको थियो।

भूकम्प गएको करिब ३० महिनापछि गरिएको एक सर्वेक्षणमा पुनर्निर्माणको रकमको १२% मात्र वितरण भएको पाइएको थियो। वर्षा ऋतुसँगै आएका केही विपत्ति भूकम्पसँग सम्बन्धित रहेको आशंका गरिएको थियो। भूकम्प गएको करिब दुई महिनापछिको पहिरोले ५३ जनाको ज्यान लिएको थियो भने यसैबीच विशेष गरी सोलुखुम्बु जिल्लामा हिमताल फुटेको थियो। यस्ता घटनाहरूमा भूकम्पले योगदान पुऱ्याएको छ कि छैन भन्ने कुरा प्रायः अज्ञात र अनुसन्धान गरिएको छैन।

bhukampa 4 इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।

भूकम्पले क्षतिग्रस्त भक्तपुरका घर ।

ज्यानहानी तथा हताहत

वि.सं २०७२ साल वैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लाको बारपाकमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। यस भूकम्पका कारण सात हजार भन्दा ठुलो सङ्ख्यामा हताहती भएको थियो। वि.सं २०७२ साल वैशाख १२ गते गएको भूकम्पको धक्का महसुस १४ दिन बितिसक्दा पनि अझै सम्म गरीएको छ।

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाडौँमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ।

36782617 1892484047439599 2937180043262033920 n इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।

भुकम्प पछि नयाँ जीवन पाएका बालक
स्रोत : सामाजिक संजाल

भूकम्पका कारण १० हजार ८०३ सरकारी घरहरू तथा भवन पूर्णरूपमा क्षति भएका छन्। आंशिक रूपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन्। सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरू पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन्। त्यस्तै वैशाख २९ गते गते गएको अर्को ६.९ को पराकम्पले पनि सामान्य बन्दै गएको जनजिवन पनि फेरि त्रसित भएको थियो त्यसमा पनि धेरै मानिसले ज्यान गुमाएका थिए।

bhukampa 3 इतिहासमा ७ बर्ष अघिको महाभूकम्प , जुन दिन हजारौ निर्दोसहरु मारिए।

विकिपिडीयाको सहयोगमा तयार पारिएको रिपोर्ट  .

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस