बर्षको पहिलो कारोबारको दिन नेप्से दोहोरो अंकले घटेको छ।
आज नेप्से २९ दशमलभ ६० अंकले घटेर २ हजार ३ सय ८५ दशमलभ ६४ बिन्दुमा झरेको छ। आज दिनभरमा रु १ अर्ब ४० करोड बराबरको शेयर कारोबार भएको छ जुन तुलानात्मक रुपमा निकै कम हो। आज नेप्से संगै अन्य उपसमूहहरु सबै राताम्मे बनेका छन्।
आज कारोबारमा आएका २ सय ३३ कम्पनी मध्य ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ८६ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै १२ कम्पनीको शेयरमूल्य यथावत रहेको छ।

आज कारोबारमा आएका कम्पनि मध्य नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ४ सय ८८दशमलभ ९० पुगेको छ ।

त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य ४ प्रतिसतभन्दा बढीले बढेको छ भने हिमालयन उर्जा बिकास कम्पनीको शेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिसत घटे संगै नकारात्मक सर्किट लागेको हो। नकारात्मक सर्किट लागेसंगै कम्पनीको शेयरमूल्य ३ सय ६४ दशमलभ ५० रुपैया पुगेको छ।
त्यस्तै इमर्जिङ्ग नेपाल , राष्ट्र उत्थान लघुवित्त , समालिङ्ग पावर र नयाँ सारथि लघुवित्तको शेयरमूल्य ५ प्रतिसत भन्दा बढीले घटेको छ।

कारोबार रकममा नेपाल टेलिकम अब्बल रहेको छ। आज टेलिकमको ४ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८६ लाखको शेयर कारोबार भएको छ।






