×
Lagani
Lagani Shiksha gif
पेट्रोलियम व्यवसायी आन्दोलित , आज राती देखि पम्पहरू बन्द हुने !

साङ्केतिक तस्बिर



पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि  पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन ।

विशिष्ट स्रोतको अनुसार नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका हुन। कमिसन बढाउन दबाब दिँदै शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

Lagani Shiksha gif
sharehubapk पेट्रोलियम व्यवसायी आन्दोलित , आज राती देखि पम्पहरू बन्द हुने !

निगमले व्यवसायीलाई पेट्रोलमा प्रतिलिटर ३.३५ प्रतिशत कमिसनको व्यवस्था गरेको छ भने डिजलमा ३.२१ प्रतिशत गरेको छ तर पछिल्लो तीन पटकको मूल्य वृद्धिमा व्यवसायीको कमिसन वृद्धि नगरेपछि आन्दोलित भएका हुन् । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।

शुक्रबार निगमको डिपोबाट ढुवानी रोकेका व्यवसायीहरूले  शनिबारसम्म निगमले माग सम्बोधनमा चासो नदेखाए रातिदेखि नै पम्पहरू बन्द हुने व्यवसायीहरूले बताउँदै आएका छन । हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास ,  ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ । निगमका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र साझाको पम्प भने खुला हुनेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस