×
Lagani
Lagani Shiksha gif
एकै साथ रिलिज हुदै मेगा स्टार र रकिंग स्टारको चलचित्र , कसले मार्ला बाजी ?



नेपालि फिल्म ए मेरो हजुर ४ र साउथ हिद्नी फिल्म के.जी.एफ: च्याप्टर २ एकै दिन रिलिज हुने भएका छन्।

नेपालको मेगा स्टार भनेर चिनिने अनमोल के.शी. र साउथको रकिंग स्टार भनेर चिनिने नवीन कुमार गौडा उर्फ यश को चलिचित्र एकै दिन रिलिज हुने भएको हो। दुवै चलचित्र एकै दिन रिलिज हुने हुदा कुन फिल्मले नेपालमा स्थान पाउला भन्ने धेरैको चासको रहेको छ। अझ मुख्य कुरा त् के भने यी दुवै चलचित्रको पहिलाको भागले नेपालमा राम्रो प्रदर्सन गरेको थियो।

Lagani Shiksha gif
sharehubapk एकै साथ रिलिज हुदै मेगा स्टार र रकिंग स्टारको चलचित्र , कसले मार्ला बाजी ?

उता भरातमा के.जी.एफ: च्याप्टर २ रिलिज हुने भएपछी धेरै चलचित्र प्रदर्सन मिति सारेका छन्। के.जी.एफ: च्याप्टर २ प्रशान्त नीलद्वारा निर्देशित एक आगामी भारतीय कन्नड भाषाको एक्सन चलचित्र हो।यो  सन् २०१८ को चलचित्र ‘के.जी.एफ: च्याप्टर १’को उत्तरकथा पनि हो।   यस चलचित्रमा यशले पहिलो चलचित्रबाट उनको मुख्य भूमिकालाई दोहोर्याउछन् र बलिउड अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा छन्।  यो  चलचित्र  हिन्दी, मलयालम, तमिल र तेलगु भाषाहरूमा डब गरिएको छ ।

kgf chapter 2 a mero hajur 4 pister एकै साथ रिलिज हुदै मेगा स्टार र रकिंग स्टारको चलचित्र , कसले मार्ला बाजी ?

के.जी.एफ: च्याप्टर २को पोस्टर

त्यस्तै ए मेरो हजुर ४ , ए मेरो हजुरको सिक्क्वेल हो। फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको छ।  फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो। फिल्मको झरनाले लेखेकी हुन् भने पटकथा र संवाद थापासँगै छेतन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्याट्रिक पौडेल, उपकार पाण्डे र माधव शर्माले संयुक्त रुपमा लेखेका छन्। फिल्मको सहायक निर्देशक बसन्त अधिकारी रहेका छन।

A MERO HAJUR 4 POSTER NEPALI एकै साथ रिलिज हुदै मेगा स्टार र रकिंग स्टारको चलचित्र , कसले मार्ला बाजी ?

नेपालमा यी दुवै फिल्मको बढी क्रेज रहेको छ।  तर आजभोलिका युवा पुस्ता नेपालि चलचित्र भन्दा पनि साउथ चलचित्र हेर्न रुचाउछन।  केहि दिन अघि रिलिज भएको आर आर आरले पनि नेपालमा राम्रो प्रदर्सन गरिरहेको छ। बुढापाका भन्दा पुस्ताले बढी चलचित्र हेर्ने के.जी.एफ: च्याप्टर २ ले निकै राम्रो पर्दर्सन गर्ने अनुमान गर्न सकिन्छ। त्यस्तै ए मेरो हजुर ४ पनि महिला वा युवातीले हरुले बढी मनपराउने हुदा र रोमान्टिक चलचित्र भएको हुदा जोडीहरुले पनि हेर्ने हुदा यो फिल्मले पनि राम्रो पर्दर्सन गर्ने अनुमान लगाउन सकिन्छ।

तर दुवै चर्चित चलचित्र एकै साथ् पर्दर्सनमा आउदा दर्शक बाडिने खतरा भने धेरै रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस