आइतबार स्पेशल प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को पहिलो कारोबार भएको छ।
आज स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो । गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो।
नेप्सेले इमर्जिङ्ग नेपाल लिमिटेडको ओपनिङ्ग रेञ्ज रु १०५.११ देखि रु ३१५.३३ तोकेको थियो । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६ सय कित्ता र संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता आईपीओ बुधबारको निर्णय अनुसार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको प्राकासित वित्तिय विवरण अनुसार कम्पनीको बास्तबिक प्रति शेयर नेटवर्थ रु १०५.११ रहेको छ भने प्रति शेयर आम्दानि रु २.३२ रहेको छ। अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्दभएको थियो । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
















