दशैँ पछिको पहिलो कारोबारको दिन आज नेप्सेमा हरियाली छाएको छ। प्री ओपन सेसनमा नेप्से ५.०४ अंकले बढेर २६४४.४१ पुगेको छ।
प्री ओपन सेसनको कारोबार सकिएलगतै नेप्सेको वेवसाइटले काम गर्न छोडेको छ। नेप्सेको दुवै साइट अहिले डाउन छन्। नेप्सेको नयाँ साइट https://www.nepalstock.com.np/ र पुरानो साइट https://www.nepalstock.com दुवै अहिले बन्द रहेका छन भने तिएमएसले काम गरिरहेको छ।
प्री ओपन सेसनमा १४ लाख ३९ हजारभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ भने १२ कम्पनीको १६ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको छ । 
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















