×
Lagani
Lagani Shiksha gif
हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु



मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका  १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ ।

Lagani Shiksha gif
sharehubapk हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु

मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ । त्यस्तै बैतडीको बिन्द्रावनमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये ४ जनालाई धनगढी रिफर गरिएको छ ।

जिल्लाको सिगास गाउँपालिका-१ बिन्द्रावन नजिक शुक्रबार राति जन्ती बोकेको से १ ज १७० नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ६ जना घाइते सुर्नया गाउँपालिका ८ का २१ वर्षीय तेज बोहरा, ३० वर्षीय प्रकाश बोहरा, १४ वर्षीय सुशील बोहरा र सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिंह बोहरालाई धनगढी रेफर गरिएकाे हाे ।

उनीहरूको कैलालीस्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।  घाइतेमध्ये दुईजनाको डडेल्धुरामा उपचारपछि घर पठाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस