×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासनको बेला टीएमएस बनादिने नाउमा ठगि धन्दा , तपाईको यति सम्म हुन् सक्छ नोक्सानी



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

शेयर बजारबाट रातारात करोडपति भइन्छ भन्ने हल्लाको पछी लागेर धेरैले शेयर बजारमा लगानी गर्ने  गरेका छन्। अधिकांश नवप्रवेशी लगानीकर्ता आइपियो त हल्लाको भरमा भर्छन तर त्यसलाई कसरि बेच्ने भन्ने उनीहरुलाई जानकारी हुदैन र त्यहि कुराको फाइदा उठाउछन केहि समूहहरु।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासनको बेला टीएमएस बनादिने नाउमा ठगि धन्दा , तपाईको यति सम्म हुन् सक्छ नोक्सानी

उनीहरुले ब्रोकरबाट निसुल्क खोल्न मिल्ने TMS बनाएको पैसा लिने गरेको पाहिएको छ । मलाइ ज्ञान छैन तर मलाइ सुबिधा चाइएको छ भने मैले पैसा तिर्नु नै पर्छ , किनकि नेपालमै धेरै जसो सरकारी कार्यालय अगाडी डाटा इन्ट्री भन्दै महँगो सुल्क लिने पसल नभएको पनि हैन तर जुन काम सजिलै निसुल्क गर्न सकिन्छ त्यसको पैसा लिनु चाइ गलत हो।

अझ मुख्य कुरा त के के भने लगानीकर्ताको सम्पूर्ण जानकारी सो व्यक्ति संग हुने गर्छ र केहि गलत कार्य गर्न चाहाने हो भने पनि उसले  गर्न सक्छ।  सोझा लगानीकर्ताले ओटिपि पनि शेयर गर्दिने सम्मको कार्य गर्छन जसले गर्दा त्यस्तो कार्यमा संगलन हुनेले तपाइको नामबाट अपराध गर्न सक्छन। आफ्नो सम्पूर्ण विवरण उनीहरु संग हुने हुदा त्यस्सको दुरुपयोग गर्ने एकदम सम्भावना रहेको हुन्छ।  तपाइलाइ आफु सहि छु भनेर पहिचान दिन पनि पहिलाको ग्रहाक को नागरिकता र विवरण दिने गर्छन।

तपाइँ उनीहरुलाई आफ्नो नागरिकता , औठा छाप , हस्ताक्षर आदि जस्ता संबेदनशील जानकारी हरु प्रदान गर्नु हुन्छ जसले गर्दा भोलि तपाइलाइ नै हानि हुने छ।  उनीहरुले तपाइको नागरिकता र फोटो प्रयोग गरेर तपाइले चालाइरहेको नम्बर निकाल्न सक्छन र तपाइको बैंक अकाउन्ट सम्म पहुच पुराउन सक्छन।  तपाईको अकाउन्टको सबै जानकारी हुने हुदा तपाइलाइ थाहानै नदिइ तपाइको शेयर बेच्दिन पनि  सक्छन र तपाइको नाममा शेयर खरिद गरिदिन पनि  सक्छन जसको पैसा तपाइले आफैले भुक्तानी गर्नु पर्ने हुन्छ।

आफुलाई अनलाइनको ज्ञान छैन भने बरु तपाइँ समय मिलाएर ब्रोकरको कार्यालय सम्म जान सक्नु हुन्छ यदि त्यो सम्भब छैन भने आफुले चिनेको व्यक्तिको माध्यम बाट सो कार्य गर्दा पनि हुन्छ तर नचिनेको व्यक्तिलाई आफ्नो व्यक्तिगत जानाकरी दिदा भोलि तपाइलाइ नै हानि हुने छ।

नेप्सेको अनुसार त्यस्तो कार्यमा संगलन हुने जो कोहीलाई पनि कारबाही गर्ने र लगानीकर्ताको पैसा ब्याज सहित फिर्ता गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस