×
१५ लाख बढीले नपाउने मध्य भोटेकोशीले निष्काशन गरेको आईपीओ , पाउने कति ?



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको छ । सीडीएससीका अनुसार कम्पनीको आईपीओमा  सोमवार आईपीओमा साँझ ५ बजेसम्ममा  २३ लाख ९३ हजार ४२८ आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन मागभन्दा ४ दशमलव २०  गुणाले बढी हो । कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो।

हालको आवेदन अनुसार हेर्दा करिब ३२ प्रतिसत आर्थत ८१ लाख लगानीकर्ताले १० कित्ता शेयर हात पर्ने छन भने  १५ लाख ७४ हजार ४२८ जनाको हात खाली हुने भएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।

कम्पनीको प्रति शेयर नेटवर्थ (रु.) ९४.३९ रहेको छ भने इपीएस  १.२२ ऋणआत्मक रहेको छ।  त्यस्तै कम्पनीको कुल नोक्सान ५ करोड ५ओ  लाख ३१  हजार  रहेको छ।  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणलाइ  बाँकी ८१ लाख ९० हजार कित्ता छुट्याइएको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस