नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् ।
सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेपाली कांग्रेसका नेता एवं हालका रक्षामन्त्री मीनेन्द्र रिजालले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भन्ने अभिव्यक्ति स्मरण गर्दै ज्ञवालीले वर्तमान सरकार सुरुदेखि नै जनविरोधी गतिविधिमा लागेको उल्लेख गरेका छन् । प्रदीपले मीनेन्द्रलाई यस्तैगरी चलाउने भनेको हो भनि प्रश्न पनि गरेका छन् ।
‘भूमि आयोग खारेजी, जयसिंह धामी बेपत्ता, १४ सय सड़क आयोजना रद्ध, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखिसके पछि बाँकी के नै रह्यो र ?’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















