मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकद्वारा ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन सर्वसाधारणलाई छुट्याएको आईपीओमा ४ दशमलव शून्य ३ गुणा बढी आवेदन हो ।
कम्पनीले असोज २० गते देखि ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेकोे हो । कुल निष्कासनमध्ये ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले अवोदन दिन सक्नेछन् ।
कम्पनीको प्रति शेयर नेटवर्थ (रु.) ९४.३९ रहेको छ भने इपीएस १.२२ ऋणआत्मक रहेको छ। त्यस्तै कम्पनीको कुल नोक्सान ५ करोड ५ओ लाख ३१ हजार रहेको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार हि असोज २० गतेदेखि असोज २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आवेदन दिदा न्यूनतम १० लित्ता दिदा नै काफी हुनेछ।
निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।सर्वसाधारणले बाँकी ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
















