शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा बुधवार प्रि अलोटमेण्ट हुने र बिहीवार घटस्थापनाको सार्वजनिक विदा परेकाले नेपाल धितोपत्र बोर्डले अनुमति दिए शुक्रवार अन्तिम बाँडफाँट गर्ने जानकारी क्यापिटलले दिएको छ ।
कम्पनीको आईपीओ खरीदका लागि २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको खरीदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो। यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाउ छ ।रेटिंग कम्क्रेपनीले ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।
कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४.९९४ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४९ रहेको छ । उक्त अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।











