×
Lagani
Lagani Shiksha gif
ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै



एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेलहरु हुँदैछन्।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र चितवनबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।

Lagani Shiksha gif
sharehubapk ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्री जितको खोजीमा रहेको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।

सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र ललितपुरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।

ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ। ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन। ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस