नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले दशैं, तिहार स्किम ‘होन्डाको साथ७’ सार्वजनिक गरेको छ ।
योजना अवधिभर होन्डाका ग्राहकले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी १ लाखसम्म नगद उपहार प्राप्त गर्नेछन् । योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्म ९ वटा बोनस सर्भिस कुपन पाउनेछन् ।
योजना अनुसार हरेक प्रदेशबाट होन्डा किन्ने १ जनाले १ लाख रुपैयाँ पाउने कम्पनीले जानकारी दिएको छ । यस योजनाको समय अवधिभर होन्डाका ग्राहकले स्क्रयाच कुपनमार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार पाउनेछन् ।
होन्डा बिगबाइक खरिदमा ४० हजारसम्मको नगद फिर्ता पाइनेछ । योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा पनि होन्डा खरिद गर्न सकिने कम्पनीले बताएको छ । योजनाको बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्नेछन् ।
















