×
Lagani
Lagani Shiksha gif
निस्कासन भयो बुद्धभूमि नेपालको आइपीओ , कति कित्ता दिने आवेदन ?



बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन खुला गरेको हो । यस आइपीओमा गानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

Lagani Shiksha gif
sharehubapk निस्कासन भयो बुद्धभूमि नेपालको आइपीओ , कति कित्ता दिने आवेदन ?

कुल निस्कासन मध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्ड र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । बुद्धभूमिको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ७४ हजार ४०० जनाले मात्र सेयर हात पार्नेछन् । कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेपनि १० कित्ता आवेदन दिदा नै काफी हुनेछ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ४० करोड रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीबाट २८ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबाट ४ कारोड रुपैयाँ गरी कुल ३२ करोड रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारण तथा कर्मचारीलाई अहिले जारी हुन लागेको ८ लाख कित्ता आइपीओ बिक्री भएपछि बुद्धभूमिको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात ४० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस