नेपाली शेयर बजारमा आइतवार ठूलो पहिरो गएसँगै शेयर कारोबार रोक्का गरिएको छ ।
साताको कारोबारको पहिलो दिन नै सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको नकारात्मक सर्किटब्रेक लागेसँगै ४० मिनेटको लागि कारोबार रोक्का गरिएको हो । २ घण्टाको कारोबारमा नेप्से १४७.३१ अंकले घट्दै २७७९ अंकको विन्दुमा पुगेको छ ।
सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ कराेड ९० लाख ३५ रुपैयाँ बराबरको १ कराेड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।
यो नेपालको सेयर बजारमा सबैभन्दा धेरै अंकको गिरावट हो । यसअघि १२३ अंकको सर्वाधिक गिरावट आएको थियो ।
गत आर्थिक वर्षको पुस ५ गते ९७ अंकले बजार घटेको थियो । विगत १ वर्षमा २ पटक नकारात्मक सर्किटब्रेक लागेको छ ।
अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















