कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आज (शनिबार)देखि सञ्चालनमा आउने भएको छ ।
शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिएका छन् ।
पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा शनिबारदेखि नै जिपलाइन समेत शुारम्भ गर्न लागेको जानकारी दिए ।
पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















