×
Lagani
Lagani Shiksha gif
असारे भेलसँगै बग्दै विकास खर्च



विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्ने क्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७–७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ ।

चालू आव समाप्ति हुने अन्तिम समयमा आएर निकै तीव्रताका साथ विकास खर्च गर्न थालेको सरकारले असार महिनाको १३ गतेसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र पुँजीगत (विकास) खर्च गरेको छ ।

Lagani Shiksha gif
sharehubapk असारे भेलसँगै बग्दै विकास खर्च

यो चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र विकास खर्च हो । सरकारको यस्तो कमजोर कार्यशैलीअनुसार आर्थिक वर्ष समाप्ति हुने अबको १७ दिनमा कुल विनियोजित बजेटको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि कोरोना महामारीले समयमा काम नसकिएको बहाना बनाउँदै आएको सरकारले आगामी १७ दिनभित्र कुल विनियोजित विकास बजेटको लक्ष्य भेटाउन अझै ५५ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्तिको अन्तिम महिना असारे वर्षा र भेल बाढीको कुनै प्रवाह नगरी विकासे खर्चको दबाबमा परेको सरकारले हाल दैनिक अर्बौं रुपैयाँ बजेट हतारमा कमसल काम गरेर वर्षाको भेलसँगै त्यसै बगाइरहेको छ ।

चालू आवको अन्त्यतिर आएर हतारमा ह्वात्तै खर्च बढाउन कसिएको सरकारले अहिले १३ असारको दिन आइतबार एकदिनमा मात्र १७ अर्ब १ करोड ५० लाख रुपैयाँ विकास खर्च गरेको छ । गत १२ असारको दिन शनिबारसम्म जम्मा १ खर्ब ५६ अर्ब ६६ करोड ११ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गरेको सरकारले आइतबार एकदिनमै १७ अर्ब १ करोड ५० लाख रुपैयाँको विकास खर्च सिध्याएर १३ असारसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पु¥याएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस