पछिल्लो समय अत्याधिक उछाल देखिएको नेपाली शेयर बजारमा अत्याधिक चलखेल भएको एक अध्ययनले देखाएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।
‘सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको सेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।
एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा यी ५१ कम्पनीमा सेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ।
निफ्रा, चन्द्रागिरी, विशालबजार लगायत ५१ कम्पनीहरुले शेयर मूल्य बढाउन चलखेल गरेको पाइएको हो । हेरौँ सूची






















