×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्तको नेप्सेमा पहिलो कारोबार , कतिमा भयो जन्नुहोस ?



महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर नेप्सेमा सुचिकृत भएपछी आज पहिलो कातोबार भएको छ।  आज प्रीओपनमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर ४३८ मा पहिलो कारोबार भएको हो।

धेरै लगानीकर्ताले ९३९ रुपैयाँको आसपास नै ओपनिङ्ग हुने सम्भावना रहेको बताएपनि आज ४३८ मै १० कित्ताको कारोबार भएर ओपनिङ्ग भएको छ ।  आज दिनभरिमा १० प्रतिसत आर्त्हत ४३ रुपिया सम्म बढ्ने सम्भावना रहेको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर रु १००० भन्दा माथि पुग्न लगानीकर्तालाई धेरै दिन कुर्नु पर्ने हुन्छ।  कम रेन्जमा ओपनिङ्ग भएको हुनाले धेरै लगानीकर्तालाई दुखि बनाएको छ।

Lagani Shiksha gif
sharehubapk महिला लघुवित्तको नेप्सेमा पहिलो कारोबार , कतिमा भयो जन्नुहोस ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर हिज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएकाे थियो  ।संस्थाकाे उक्त शेयर काराेबार गर्नका MLBSL संकेत प्रदान गरिएको छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो  ।Screenshot 2021 03 16 105206 महिला लघुवित्तको नेप्सेमा पहिलो कारोबार , कतिमा भयो जन्नुहोस ?

कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस