×
आज नेपाल बन्द , शेयर बजार खुल्छ कि खुल्दैन ?



फागुन १६ गते सोमबार नेपाल बन्दको घोसणा गरिएको छ ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा,  सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेका हुन् ।

६ दल र दुई मोर्चाले सरकारले आज संसदमा एमसीसी अनुमोदन गर्ने तयारी गरेकोले सोको बिरोधमा आज फागुन १६ गते नेपाल बन्द गर्ने भएका हुन् भने हिज बेलुका देशब्यापी मसाल जुलुस निकालेका थिए।

प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता पारित गर्न लगिएको भन्दै नेपाल बन्द गरेको भएपनिप्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् ।

यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

आज नेपाल बन्द रहेपनि शेयर बजार बन्द नहुने नेप्सेले जनाएको छ।  हाल सम्म बन्द हुने बारे औपचारिक सूचना नआएको हुदा स्जेयर बजार खुल्ला रहने छ।

 

 

274859862 4908744825920864 5361628713360073353 n आज नेपाल बन्द , शेयर बजार खुल्छ कि खुल्दैन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस