×
भोलि देखि एचआईडिसीएलको संस्थापक शेयर बिक्रि खुल्दै , यस्तो छ आवेदन दिने तरिका  ?



हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, (एचआईडिसीएल) ले अवितरित  ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ गतेदेखि विक्री गर्ने भएको छ ।

यो शेयर खरीदका लागि फागुन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ र धनगढीबाट आवेदन दिन सकिने छ ।

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अथाृत एक बराबर एक (१ः१) अनुपातमा कुल ११ करोड कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद निष्कासन गरेकोमध्ये राष्ट्रिय बीमा संस्थान, कर्मचारी सञ्चय कोष, र नागरिक लगानी कोष लगायतले खरीद नगरेपछि ३ करोड ३० लाख कित्ता सेयर अवितरित भएको थियो ।

कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहअन्तर्गतको बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामी बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गर्ने निर्णय गरेको थियो  ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक तर्फको लिलामी शेयरमा न्यूनतम एक करोड कित्ताको क्याप लगाएको कारण वितरण हुन नसकेको उक्त शेयर विक्रीका लागि नियमावली संशोधन गरी विक्री गर्न लागेको हो ।

सेयरको लिलामीको लागि कसरी आवेदन दिने?
धेरै लगानीकर्ताहरूलाई लिलामी शेयरहरू कसरी भर्ने भनेर थाहा नहुन सक्छ। लिलामीमा शेयर आवेदन गर्नु IPO/FPO  र हकप्रद शेयरमा  आवेदन दिनु भन्दा फरक छ। नेपालमा लिलामी शेयरहरूको लागि आवेदन दिन, तपाईंले निम्न चरणहरू पालना गर्न आवश्यक छ:

चरण १ : कम्पनी द्वारा प्रकाशित लिलामी सूचना ध्यानपूर्वक पढ्नुहोस्। उपलब्ध जानकारीको बारेमा पूर्ण रूपमा सचेत रहनुहोस्। तलको उदाहरणमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।

चरण २ : तपाईंले लिलामीमा सेयर कति र कतिमा  किन्नुहुनेहो  मूल्य र मात्रा तय गर्नुहोस् । लिलामी भएको शेयरको संख्या र सेयर बजारको हालको बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्नुपर्छ । सधैं आफ्नो मूल्य बजार भन्दा कम मूल्य मा सेट गर्नुहोस्। यदि लिलामी शेयरहरूको आपूर्ति ठूलो छ भने, तपाइँ तपाइँको खरीद मूल्य थप कम गर्न सक्नुहुन्छ।

चरण ३  :  सम्बन्धित बिक्रि प्रबन्धक / मर्चेन्ट बैंकरमा जानुहोस्। (कम्पनीले लिलामीको लागि बिक्रि प्रबन्धक चयन गर्दछ)

चरण ४ : बिक्री प्रबन्धकको काउन्टर बाट रु.  १०० मा लिलामी फारम  खरिद गर्नुहोस्।

चरण ५ : खाता नम्बर फारममा दिइएको हुन्छ । त्यहा दिइएको खाता नम्बरमा आफुले लिन चाएको शेयर बराबरको रकम जम्मा गर्नुपर्नेछ। तपाईले खरिद गर्न चाहेको शेयरको कुल रकम तोकिएको बैंक खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।

चरण ६ : बैंकमा रकम जम्मा गरिसकेपछि, फारम भर्नुहोस् र भौचरसँग सिल गरि खाममा बन्द गरेर बिक्री  प्रबन्धकलाई फारम पेश गर्नुहोस्।

चरण ७ : रसिद लिनुहोस् र यसलाई सुरक्षित राख्नुहोस्। शेयर बाँडफाँडको  केहि समय पछि तपाइँको डिम्याट शेयर खातामा जम्मा हुनेछ। यदि तपाईलाई शेयर परेन भने, बोलीको रकम स्वचालित रूपमा तपाईको बैंक खातामा जम्मा हुनेछ।

page3 भोलि देखि एचआईडिसीएलको संस्थापक शेयर बिक्रि खुल्दै , यस्तो छ आवेदन दिने तरिका ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस