×
अपि पावरसहित यी ५ ओटा धितोपत्रमा उच्च खरीद माग



साताको तेस्रो कारोबारको दिन  बजार खुलेको पौने तीन घण्टाको अवधिमा अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा खरीद माग उच्च  रहेको छ ।

आज  कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । उच्च खरीद माग रहने कम्पनीमा अपि पावर कम्पनी, कुमारी इक्विटी फण्ड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, पोखरा फाइनान्स र अपर तामाकोशी हाइड्रोपावर रहेका छन।

यी पाँच ओटा कम्पनीको मध्य सबैभन्दा बढी कुमारी इक्विटी फण्डको ९ लाख १९ हजार ७७४ इकाई खरीद माग रहेको छ । भने अपि पावर कम्पनीको ४ लाख ६७ हजार ८४० कित्ता, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ३ लाख ५२ हजार ५२९ कित्ता,पोखरा फाइनान्सको २ लाख २०५ कित्ता र अपर तामाकोशी हाइड्रोपावरको १ लाख ८८ हजार ९८३ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यस्तैआज  एचआइडिसीएलको सर्वाधिक शेयर खरीदविक्री भएको छ  । सो अवधिमा कम्पनीको रू.२० करोड ९९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६० मा कारोबार भइरहेको छ ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ७८ प्रतिशतले वृद्धि हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ८७२ दशमलव शून्य ३ विन्दुमा रहेको छ भने कुल रू. २ अर्ब ७० करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस