×
नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन



पाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ४० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ६१४ दशमलव २९ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ६६० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेशनल माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते क्रिक रिसोर्ट धादिङबेशी, धादिङमा आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ ।  यो समाचार अभियान दैनिकमा रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस