KDL 1059 16 MEN 631.1 -3.9 NADEP 1030 -55 NBLD87 1020 -8 KSBBL 448 -3 BNHC 466.9 0.7 SPL 813 -12.1 SLBSL 1398.4 21.4 SGIC 641.2 -4.8 NMB 263.9 -7.1 MMF1 8.98 0.1 NMLBBL 769 -11 AVYAN 909 -6 NMBD87/88 1027 -3 CMF1 10.5 -0.2 HDL 1423.1 49.1 KEF 9 0.28 KSY 9.22 -0.19 MKCL 1497 -26 PROFL 655 7 PBD85 1079.9 19.9 NABBC 631 -12 HRL 861 -4 HIDCL 270.7 -4.1 NICGF 10.56 -0.28 NLIC 814 -13.4 GRDBL 743 5 MMKJL 543.6 9.6 SPC 520 5 SFMF 10.2 -0.2 NBF2 9.15 -0.05 MKJC 467.9 -1 NLO 242.1 0 PSF 9.51 -0.09 NMBMF 695 -10 FMDBL 758 -0.1 CITY 805 -17 MERO 760 0.5 SDBD87 1035 4 SMJC 574 -6
×
हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए



ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज घर आइपुगेका छन् ।

हिमपात हुन छोडेसँगै र हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्।  ५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए ।

ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म ‘हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला’ भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकाेले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए ।

उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर गएको भए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।

‘हिउँ पर्न छाडेको र परेको हिउँ पनि पग्लदै गएपछि उनीहरु आथज दिउँसो गाउँ पुग्न सफल भए’ ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे भने‍। हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था समन्य रहेको पाण्डेले जानकारी दिए ।  समुद्रीसतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

शनिवार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो । तर, कुन ठाउँमा  बसेको छन् मेसो नपाएपछि हेलिकोप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो । आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकोप्टर गएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस