SEF 9.51 -0.24 NWCL 975 -13.9 UMHL 308 -4 KBLD86 1115 0 RBCL 17071 -109 SAHAS 505 28 NIBD2082 1099 0 UPCL 262.2 -2.7 MPFL 751 5 SPHL 666.9 16.9 CBBL 980 1 CYCL 1540 -7 NESDO 2229 -18 USHEC 523 -7 SHIVM 599 -8 NICFC 8.97 -0.33 PRVU 248 -10 KRBL 613 0 NBLD85 1025 0 JSLBB 1513.9 38.9 MKHC 339 -1 MSHL 938 3 SARBTM 765 -5 PCBL 292 -2 MHNL 265.5 -0.5 GIBF1 9.69 0.1 LBBLD89 1208.5 23.5 TRH 1118 -5 MLBS 1532.3 -86.7 SMB 1809 4 TPC 465 6 MHL 725 3.5 KDL 1059 16 ICFC 823.9 74.9 MKCL 1497 -26 UPPER 214.2 -1.8 USHL 783.2 -13.7 JBLB 1534 -3 EBLD86 1040 -2 BEDC 470 0
×
मल किन्दा एक अर्ब भ्रष्ट्राचार गरेको खुलाशा , यी हुन् संलग्न १० व्यक्ति।



गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

कम गुणस्तरको मल आयात गरेको आरोपमा अख्तियारले कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोप लगाएको छ ।

त्यसैगरी आयात गरेको मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।

साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुनेगरी भ्रष्टाचारको आरोपमा विगो कायम गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस