×
कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासन गर्दै , मेरो शेयर देखि आवेदन दिन सकिने



कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ दशमलव ५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्ने भएको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २५ गते बुक क्लोज गर्नेछ । यसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस