NBLD87 1020 -8 NADEP 1030 -55 JBLB 1534 -3 DORDI 429 -3.3 GFCL 1051.1 6 MERO 760 0.5 RLFL 625 6.9 HEIP 381.8 20.8 SNLI 585.1 -0.9 CIT 2195 0 CMF1 10.5 -0.2 MFIL 768 48 NGPL 472 -2.9 HURJA 220 -4.6 IGI 600 -4 CBBL 980 1 STC 5908 9 H8020 10.2 -0.05 USLB 1467 -2.9 MKJC 467.9 -1 NICFC 8.97 -0.33 SIGS3 9.45 0.09 NICGF 10.56 -0.28 NSIF2 10.52 0.02 TPC 465 6 TVCL 461 1 MCHL 488.3 -3.7 SHINE 473 -1.8 ULBSL 3199 37 AHPC 267 -0.6 GVL 538.5 -22 MHNL 265.5 -0.5 SKBBL 934 -3 MPFL 751 5 CCBD88 1123.1 6.1 CORBL 958.8 -10.2 CFCL 647 27.1 RMF1 9.15 -0.1 SHL 512 -4.5 UNHPL 266 0
×
नयाँ बसपार्क सामूहिक बलात्कार घटना : प्रहरीद्वारा ९ जना सार्वजनिक



काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो । महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।   पक्राउ पर्नेमा  मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस