×
चितवन–२ मा एमाले सहित बिस जनाको जमानत जफत, रवि लामिछानेको सानदार जित



चितवन निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सानदारजित हासिल गर्नुभएको छ।

उहाँले ५४,४०२ मत प्राप्त गर्दै आफ्ना सबै प्रतिद्वन्द्वीलाई फराकिलो अन्तरले पराजित गर्नुभयो। कुल सदर मतको करिब ६४.४९% लामिछानेको पक्षमा गएको छ, जसले उहाँको लोकप्रियता र मतदाताबाट पाएको ठूलो विश्वास देखाउँछ।

दोस्रो स्थानमा नेपाली काँग्रेसकी मिना कुमारी खरेल रहनुभयो, जसले १४,५६४ मत प्राप्त गर्नुभयो। उहाँले आफ्नो जमानत सुरक्षित गर्न सफल हुनुभयो।तर अन्य उम्मेदवारहरूको मत प्रतिशत १०% भन्दा कम रहेकाले उनीहरूको निर्वाचन आयोगमा भुक्तानी गरेको जमानत रकम जफत भएको छ। यसमा एमालेका अस्मिन घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ्ग, श्रम संस्कृति पार्टीका मिलन थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदिश्वर अधिकारी, र अन्य धेरै स्वतन्त्र उम्मेदवारहरू पर्छन्।

मत परिणामले स्पष्ट देखाएको छ कि चितवन–२ मा एमाले र अन्य साना दलका उम्मेदवारहरूको जनमत कमजोर छ, जबकि रवि लामिछानेको समर्थन सबैभन्दा बढी रह्यो। यस चुनावको नतिजाले क्षेत्रीय राजनीति र मतदाताको प्राथमिकतामा ठूलो संकेत दिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस