×
लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा



लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले ९ पुसमा साधारणसभा बाेलाएकाे हाे । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने लगागतको एजेण्डा छ ।

साधारणसभा प्रयोजनका लागि २७ मंसिरमा बुक क्लोज गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस