EBLD85 1105 5 SHLB 1886.9 1.9 NSIF2 10.52 0.02 NICL 990.2 -4.8 UPCL 262.2 -2.7 KSBBLD87 1093.4 18.4 LLBS 1050 5 ALICL 714.5 -1.2 SBLD84 1040 19.3 NTC 980.1 -2.4 KBSH 2386 -9 JSLBB 1513.9 38.9 ICFC 823.9 74.9 HIDCL 270.7 -4.1 EBLD86 1040 -2 GHL 218.5 -1.1 MKJC 467.9 -1 API 289.5 2.5 TSHL 909 -11 NWCL 975 -13.9 KBLD86 1115 0 SBI 482.9 -6 SONA 473.2 -7.8 HDHPC 208.8 -4.1 SAPDBL 569.6 -7.4 HURJA 220 -4.6 GILB 1268.4 4.4 SPIL 853 -18 KKHC 260 -2 UHEWA 476 -11 NIFRA 280 -5 SJCL 326 -3.7 UAIL 639 -1 PPL 461 -2.5 AHL 651 2 LBBLD89 1208.5 23.5 PBD88 1102.1 2.1 LBBL 475 -4.8 BOKD86 1040 18 GCIL 498 -5.8
×


काठमाडौं, २८ जेठ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।

 

अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । 

अर्थमन्त्री पौडेलले भने ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।‘

अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए।

 

उनले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरु निर्धारण गर्नुपर्नेमा जोड दिए।

आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न निर्देशन दिए।

 

 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि पूर्व तयारीका काममा लाग्न पनि निर्देशन दिए । 

 

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगायर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस