MKHC 339 -1 SBI 482.9 -6 MFLD85 1050 -20 SPDL 310 5 NBLD87 1020 -8 HIDCL 270.7 -4.1 CYCL 1540 -7 KBL 234 -6.9 USHEC 523 -7 SDBD87 1035 4 CIT 2195 0 NICBF 9.3 -0.08 IHL 499 -1 MBLD2085 1085 6.5 SIGS2 10.05 0 NABIL 594 3 TSHL 909 -11 PBLD87 1028 -2 MLBS 1532.3 -86.7 SBLD89 1200 16.1 GFCL 1051.1 6 TRH 1118 -5 GBIME 256.1 -4.4 GBBLPO 205 0 SAGF 9.31 0.01 MKCL 1497 -26 PPCL 262 -5.2 NMB50 10.3 0.05 SLBBL 958.9 -4.2 PMHPL 260 -4 NIMB 241.9 -9.1 NICAD8283 1169.8 86.8 BHDC 583 5.4 UPCL 262.2 -2.7 ALICL 714.5 -1.2 SPHL 666.9 16.9 SAPDBL 569.6 -7.4 BNT 14350 -50 SAMAJ 3321.1 1.1 NLG 1317 2
×
हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा



काठमाडौ, फागुन १६ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको फागुन २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा गत वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा बानेश्वर अनमोल ब्यांकेट शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ । फागुन १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस