SLBSL 1398.4 21.4 RLFL 625 6.9 CHDC 1684 -35.9 HBL 260 -13 UNHPL 266 0 OHL 925 -9 MND84/85 1030 2 NIBLSTF 8.68 0 CLI 634 -4.9 MKCL 1497 -26 CGH 909 -5 NYADI 305.4 -6.6 SAMAJ 3321.1 1.1 HEIP 381.8 20.8 HEI 648 -10 MCHL 488.3 -3.7 EHPL 840 7.9 PMLI 562 1 RBCL 17071 -109 KPCL 493 -0.8 PBD84 1065 1.7 RURU 740 -9.8 PRSF 9.54 -0.11 NTC 980.1 -2.4 SMB 1809 4 SMJC 574 -6 BHDC 583 5.4 GBBL 447 -6 SBLD84 1040 19.3 SINDU 667 -6 MPFL 751 5 SANIMA 326 -10.2 SMH 1064.8 5.9 NIBD2082 1099 0 BFC 625 9.1 STC 5908 9 SBL 345 -8.1 BPCL 449 -7 GBLBS 738 -10 NRIC 803 -5
×
अमेरिकी डलरको भाउ बढ्दा युरोमा पनि उकालो, अन्यको अवस्था कस्तो छ ?



काठमाडौ, फागुन १४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको भाउ ८२ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम गरिएको छ । मंगलबार एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०२  पैसामा तोकिएको थियो । 

बुधबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ५२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९७ पैसाले बढेको हो । यसअघि मंगबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५५ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६३ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १९ र बिक्रीदर ८८ रूपैयाँ ५७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा तथा बिक्री दर १९ रूपैयाँ २५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ०३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस