KBLD86 1115 0 SKBBL 934 -3 CCBD88 1123.1 6.1 NIMBPO 176.9 -1.1 PFL 652 -1 CIZBD86 1060 -10 SANIMA 326 -10.2 HIDCL 270.7 -4.1 JFL 655 6 SIFC 628 10 SRBLD83 1065 -10 UPCL 262.2 -2.7 EDBL 645 -1.9 HBL 260 -13 HDL 1423.1 49.1 MKHL 493 -6 MEHL 380.1 -19.9 UMRH 475 -1.9 SIGS2 10.05 0 NMB 263.9 -7.1 LUK 9.21 -0.09 BFC 625 9.1 NMFBS 1435 1 MND84/85 1030 2 GLH 244 -2 CBBL 980 1 EBL 605 5 CZBIL 242 -10 SAEF 11.22 0.17 C30MF 9.74 0 MBJC 321 -8 MSHL 938 3 BOKD86 1040 18 SGHC 393.6 0.1 SAHAS 505 28 RADHI 397.9 7.9 NUBL 730 2.8 MFLD85 1050 -20 NBLD87 1020 -8 SLBBL 958.9 -4.2
×
युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण



काठमाडौँ । अर्थमन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग युएसएडबाट सञ्चालित कार्यक्रमहरुको सम्बन्धमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको उल्लेख गर्दै जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको अवस्था छ र डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको जानकारी गराएको छ ।

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोग नियोग युएसएडबाट नेपालमा सन् १९५१ देखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस