SNLI 585.1 -0.9 PBD85 1079.9 19.9 HBL 260 -13 FOWAD 1479 0 UPPER 214.2 -1.8 SDBD87 1035 4 USHL 783.2 -13.7 SPC 520 5 UNLB 2527 -3.9 SMH 1064.8 5.9 ACLBSL 1035 0 RURU 740 -9.8 SMJC 574 -6 EHPL 840 7.9 MBL 255 -4 SMFBS 1505.2 6.2 MHNL 265.5 -0.5 PPCL 262 -5.2 SPL 813 -12.1 STC 5908 9 SJCL 326 -3.7 SLBSL 1398.4 21.4 GLBSL 1600.4 -29.6 NIBD2082 1099 0 CGH 909 -5 LBBLD89 1208.5 23.5 MCHL 488.3 -3.7 HRL 861 -4 SHPC 525 -3.9 SWBBL 1065 2.1 SWMF 812 -13 NLIC 814 -13.4 CIT 2195 0 KBSH 2386 -9 SAMAJ 3321.1 1.1 NIMB 241.9 -9.1 MEN 631.1 -3.9 AHL 651 2 MKHL 493 -6 PBLD87 1028 -2
×
३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता



काठमाडौं, ६ फागुन । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ ।सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । 

आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन २२०÷१३२ केभी हाङपाङ सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का महासचिव बलराम खतिवडाले बताए ।

त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाईन निर्माण गर्नेछ । त्यसमा  १३२÷२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत प्रवाह गर्नेछ । ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन २०२६ मा निर्माण सुरु गरी सन २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस